शुक्रबार, साउन ३०, २०७७

चिनी किन धेरै खानु हुँदैन ?

चिनी जहि पनि पाइन्छ। प्राकृतिक उत्पादनदेखि किराना पसलमा बेचिने प्रशोधित खानामा चिनी पाइन्छ।

अनुसन्धाताले नयाँ निष्कर्ष पत्ता लगाउने र नयाँ सिद्धान्तको विकास गर्ने भएकाले पोषणसम्बन्धी मार्गनिर्देशन परिवर्तन भइरहन्छ। तर दशकौंदेखि भइरहेका वैज्ञानिक अनुसन्धानले एउटै निष्कर्ष पुष्टि गरेको   यो सामान्य कार्बोहाइड्रेटको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक छ।

ड्युक युनिभर्सिटी स्कूल अफ मेडिसिनका मनोचिकित्साका प्राध्यापक डा। मुरली दोराइस्वामीका अनुसार चिनी आफैंमा खराब भने होइन। “चिनी शरीरका लागि महत्वपूर्ण हुन्छ,” उनले भने। मष्तिष्क उर्जाको श्रोत र डिएनएको मेरूदण्ड चिनी नै हो। तर शरिरलाई आवश्यकता भएभन्दा धेरै खपत गरे समस्या सुरू हुने उनी बताउँछन्।

धेरै चिनी किन नखाने त ?

तौल व्यवस्थापन कठिन हुन्छ। अत्यधिक चिनी सेवनले शरिरको तौल बढ्ने र मोटोपन हुने प्रष्ट छ। 

विशेषगरी अधिकांश प्रशोधित खाना र चिनी भएको पेय पदार्थमा पाइने फ्रुक्टोसले भोक बढ्ने र चिनीको तलतल पनि बढाउने अध्ययनमा देखिएको छ। अत्यधिक चिनी सेवन गरे भोक लागेको र अघाएको सङ्केत गर्ने हर्मोन प्रभावित हुने अन्य अनुसन्धानमा देखिएको छ।

त्यसैगरी हानिकारक भिसरल फ्याट पनि बढ्ने देखिएको छ। गएको दशमा चिनी खपत घटे पनि मोटोपन बढ्दै गएको दोराइस्वामीले बताए। त्यसैले मोटोपन सधैं चिनीकै कारण हुन्छ भन्ने पनि नभएको उनले संकेट दिएका छन्।

पोषक तत्वको अभाव

चिनी भएको प्रशोधित खाना खाने बानीले पोषक तत्व  भएको खाना पचाउन गाह्रो हुनसक्छ।

उदाहरणका लागि दैनिक क्यान्डी बार खाने व्यक्तिको शरीर चिनीयुक्त क्यालोरी धेरै हुन्छ। फलस्वरूप सन्तुलित आहारको अभाव पनि हुन्छ। आहारमा चिनी भएको खाना धेरै खाए पोषिलो खानाका लागि खासै स्थान उपलब्ध हुँदैन।

डायटरी गाइडलाइन्स फर अमेरिकन्स २०१५ २०२० अनुसार दैनिक क्यालोरी खपतको १० प्रतिशतभन्दा धेरै यसरी थपिएका चिनी हुन हुँदैन। यसको अर्थ दुई हजार क्यालोरीको आहारमा दैनिक दुई सयभन्दा धेरै क्यालोरी चिनीमा आधारित हुनु हुँदैन। दैनिक दुई हजार क्यालोरी सेवन गर्ने व्यक्तिले बढीमा ५० ग्राम चिनी सेवन गर्नुपर्ने सुझाव छ।

ब्लड सुगर प्रभावित हुन्छ, मधुमेहको जोखिम बढ्छ। मोटोपनमाजस्तै मधुमेहमा पनि चिनीको भूमिका हुन्छ।

विशेषगरी टाइप टु मधुमेह

शरीरले इन्सुलिन व्यवस्थापन गर्न नसक्दा टाइप टु मधुमेह हुन्छ। प्याङ्क्रियाजले पनि पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगर्दा पनि यस्तो हुन्छ। उपचार नगरे नशामा क्षति पुग्ने र मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग लाग्छ।

चिनी भएका पेय पदार्थ पिउने गरे टाइप टु मधुमेहको जोखिम बढ्ने अध्ययनले देखाएको छ। चिनी खपतबाहेक शारीरिक निष्क्रियता, धुमपान र मद्यपानले पनि मधुमेहको जोखिम बढ्ने सम्भावना हुन्छ।

चिनीले टाइप टु मधुमेहलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुसन्धाताको विश्वास छ। उदाहरणका लागि चिनी प्रशोधन गर्ने शरिरको तरिकामा प्रत्यक्ष प्रभावित हुन्छ। तौल बढाएर मधुमेहको जोखिममा अप्रत्यक्ष रूफमा प्रभाव पार्छ।

दाँतमा क्षति पुर्‍याउँछ 

दाँतमा किरा लाग्छ। दाँतमा बाँकी रहेका चिनीका कारण दाँतमा किरा लाग्छ। त्यसैले दाँत सफा राख्नु महत्वपूर्ण छ। ध्यान नदिए दाँत सड्ने र उपचारका लागि अन्य प्रक्रिया गर्नुपर्ने हुन्छ।

उदासिनताको जोखिम बढ्छ

खानाले मनस्थिति प्रभावित हुने देखिन्छ। केहीले लामो समयसम्म उर्जा दिन्छ। केहीले दिँदैन। “न्यूट्रिसनल साइकायट्री” भन्ने बेग्लदै मानसिक स्वास्थ्यको अनुसन्धान हुन्छ।
६९ हजार महिलाको अध्ययनमा चिनीको खपत बढ्दै जाँखा उदासिनता पनि बढ्ने देखिएको छ। पौष्टिक आहारले उदासिनता घटाउन पनि सहयोग पुग्छ।

मुटुसम्बन्धी समस्या

अत्यधिक चिनी सेवनले मुटुरोग र आघा हुने दोराइस्वामीले बताएका छन्। चिनी धेरै भएको खानाले मोटोपन र उच्च रक्तचाप लगायतका मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोग हुने वैज्ञानिक प्रमाण छन्। सन् २०१६ को अध्ययनले स्याचुरेटेड फ्याटभन्दा चिनीले मुटुरोग धेरै हुने पत्ता लगाएको छ। बोसोयुक्त खाना नै मुटुरोगको कारण हो भन्ने परम्परागत सोंचलाई यसले चुनौती दिएको छ।

संज्ञानात्मक क्षमताको ह्रास बढाउने

चिनी खपतका कारण हुने संज्ञानात्मक क्षमतामा आउने ह्रासबारे खासै ध्यान नदिइएको दोराइस्वामीले बताए। ब्लड सुगरधेरै हुँदा मष्तिष्क प्रभावित हुन्छ। वैज्ञाननिकहरू यसलाई “मष्तिष्कको मधुमेह” भन्छन्। विशेषगरी चिनी भएको पेय पदार्थ लगायत चिनी भएको उत्पादनको अत्यधिक सेवनले डिमेन्सियाको जोखिम बढ्ने अनुसन्धानमा देखिएको छ।
 

 Published Date: Tuesday, 2nd June 06:37:58 AM