आईतबार, फागुन ११, २०७६

श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान

काठमाडौं, पुस २९ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ ।

श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मङ्सिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो ।

श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई  सिआरजे ७०० गरी पाँच जहाज छन् ।

एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो । 

 Published Date: Tuesday, 14th January 07:03:59 AM