शुक्रबार, कात्तिक १, २०७६

सरकारलाई देउवाको चेतावनी– संविधानका मूलभूत सिद्धान्तमाथि दायाँबायाँ भए सैह्य हुँदैन

| तस्वीर:फाइल

काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले संविधानको मूल मर्म विपरीत काम गरिरहेका आरोप लगाएका छन्। 

संविधान दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार संविधानका मूलभूत सिद्धान्तमाथि नै प्रहार गरेर अघि बढ्न खोजिरहेको आरोप लगाएका हुन्। उनले संविधानभन्दा दायाँबायाँ गर्ने काम सरकारबाट भइराखे कांग्रेसलाई सैह्य नहुने चेतावनी दिए।

देउवाले संविधानको मर्म र भावना विपरीत सरकारले विधेयकहरु ल्याएको आरोप लगाए। ‘सरकारले संविधानको मूल मर्म र भावना विपरीत मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग सम्बन्धी विधेयक ल्याएको छ। त्यसरी ल्याइएका विधेयमा हाम्रो सहमति हुँदैन। सहमति जनाउँदैनौं,’ उनले भने। 

देउवाले संविधान विपरीत ल्याइएका विधेयकमा आफूहरुको सहमति नहुने प्रधानमन्त्री केपी शर्मा ओलाई भनिसकेको बताए।
 

 Published Date: Friday, 20th September 17:59:39 PM