आईतबार, माघ ४, २०७७

शेयर बजारमा आज विक्रेताको चाप

काठमाडौं, साउन ५ : नेप्से परिसूचक १४ दशमलव ०९ अंकले घटेर १४६४ दशमलव ९४ को विन्दुमा बन्द भएको छ। निकै लामो समयदेखि वृद्धि भएको बजार सोमबार ० दशमलव ९५ प्रतिशतले घटेको हो। दिनभरमा २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै एनएमबी बैंकको शेयर सर्वाधिक किनबेच भएको छ। एनएमबी बैंकको २० करोड १४ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज युनाइटेड फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले कमाए भने गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमवल ९८ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

 
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार तीन सातादेखि बढ्दो प्रवृत्तिमा रहेको र आज केही सच्चिएको देखिन्छ। आजको बजारले ‘बियरिस मारुबोजु’ मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा विक्रीकर्ताको चाप रहेको र अर्को कारोबार पनि बजार घट्न सक्ने संकेत गर्दछ। आज परिमाणले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। 

चित्र नम्बर-२ 

चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज कारोबार खुलेदेखि बन्द समयसम्म घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा यदि बजार १५०० भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्न संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध १५६० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १४५८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। र, अर्को तत्कालीन टेवा १४१० को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Monday, 20th July 2020 6:49:56 pm