शुक्रबार, असोज १६, २०७७

सम्हालियो शेयर बजार, नेप्से ७ दशमलव ५९ अंकले वृद्धि

काठमाडौं, साउन १९ : शेयर बजार सोमबार सम्हालिएको छ। बजारमा ० दशमलव ५४ प्रतिशतले वृद्धि आएको छ।

नेप्से परिसूचक ७ दशमलव ५९ अंकले वृद्धि भएर १४०३ दशमलव ८६ को विन्दुमा बन्द भएको छ। १३९५ दशमलव ०८ को विन्दुमा खुलेको दोस्रो बजार १४११ दशमलव २० को उच्च विन्दुसम्म पुगेको थियो।  आजको बजारको न्यून विन्दु १३८४ दशमवल ८६ रहेको थियो। 

दिनभरमा १ अर्ब २९ करोड बराबर रकमको शेयर कारोबार भएको छ।

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रभु बैंकको सस्थापक शेयर सर्वाधिक किनबेच भएको छ। प्रभु बैंकको ३४ करोड २९ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने  
आज अजोड इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक दश प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमवल ९०  प्रतिशतले गुमाए। 

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारको हालको उच्च विन्दुहरु घट्दो प्रवृत्तिमा हुन थालेपछि बजारमा क्रेताको चाप कमजोर हुँदै गएको संकेत गरे पनि बजार सकारात्मक रहेको छ। तर यसको संकेत भने प्रभावकारी देखिँदैन। आजको परिमाणले बजारमा लगानीकर्ताहरु अघिल्लो दिनभन्दा सक्रिय रहेको देखिँदैन।

चित्र नम्बर २

चित्र नं. २ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज बजार पहिलो कारोबार समयमा घटे पनि पछिल्लो समयमा सकारात्मक रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा बजारको तत्कालीन प्रतिरोध १४२० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १३८४ भन्दा तल स्थिर रहेमा बजार अझ केही घट्न सक्ने देखिन्छ र अर्को तत्कालीन बलियो टेवा १३५० को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Monday, 3rd August 2020 12:05:29 pm