मंगलबार, चैत्र १८, २०७६

विश्व ११ विरुद्ध सन्दिपले खेल्ने

काठमाडौं, फागुन १३ : नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने विश्व ११ विरुद्धको टि–२० सिरिज खेल्ने भएका छन् । टि–२० सिरिजका लागि बंगलादेश क्रिकेट बोर्डले सन्दीपलाई समेट्दै १४ सदस्यीय एसिया–११ टिम घोषणा गरेसँगै सन्दिपले विश्व ११ विरुद्ध खेल्ने पक्का भएको हो। एसिया ११ मा पर्ने सन्दीप एक्लो नेपाली क्रिकेटर हुन्।

सन्दीप नेपाली टिमका ग्लोबल आईकनका रुपमा परिचित छन्। सन्दीपले आईपिएल, बिगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगलगायतका विश्वचर्चित फ्रेन्चाइ लिगमार्फत् विश्वमा परिचत बनाएका छन्। 

मंगलबार घोषणा गरिएको एसिया–११मा ६ भारतीय खेलाडी छन्। यस्तै, ४ बंगलादेशी, २–२ श्रीलंकन र अफ्गानी खेलाडी एसिया ११ पर्दा पाकिस्तानी खेलाडी भने टिममा पर्न सकेनन्। 

एसिया–११ मा सन्दीपसँगै विराट कोहली, केएल राहुल, ऋषव पन्त, शिखर धवन, कुलदीप यादव, मोहम्मद सामी, लिटोन दास, तमिम इक्वाल, मुस्फिकर रहिम, मुस्ताफिजुर रहमान, थिसारा परेरा, लासिथ मालिंगा, रसिद खान र मुजिब उर रहमान छन्। 

यसैगरी सिरिजका लागि विश्व ११ पनि घोषणा गरिएको छ। विश्व ११ मा वेस्टइन्डिजका क्रिस गेल, निकोलस पुरन, केइरन पोलार्ड, सेल्डन कोट्रेल छन भने इंग्ल्यान्डका एलेक्स हल्स, जोनी बेइस्ट्रो, अदिल रसिद, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, लुंगी एनगिडी, न्युजिल्यान्डका रोस टेलर र मिचेल म्याक्लेनघन छन्। यस्तै, अस्टे«लियाका एन्ड्रयू टाइमात्र छन्। 

यसैबीच भारतीय कप्तान विराट कोहली र विकेटकिपर ब्याट्सम्यान केएल राहुलले भने २ मध्ये १ खेलमा मात्र खेल्ने छन् । व्यस्त सेड्युलका कारण कोहली र राहुलले सिरिजका १ खेलमा मात्र खेल्न भएको हुन्। तर, यस विषयमा औपचारिक निर्णय भने भइनसकेको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। यस्तै बोर्डले पाकिस्तान सुपर लिगमा व्यस्त रहेकाले पाकिस्तानी खेलाडीलाई समावेश गराउन नसकिएको जनाएको छ। 

टि–२० सिरिज आगामी मार्च १८ र २१ मा बंगलादेशको ढाकास्थित शेर बंगाल इन्टरनेशनल स्टेडियममा हुने छ। सिरिजलाई आईसिसीले समेत मान्यता दिएको छ।

बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबउर रमानको जन्म शताब्दीका अवसर बंगलादेश क्रिकेट बोर्डले टि–२० सिरिज आयोनजा गरेको हो। 

 Published Date: Tuesday, 25th February 17:43:45 PM