सोमबार, भदौ ३०, २०७६

२४ घण्टामै शशांकको यू टर्न : संघीयता र गणतन्त्रमा जनमत संग्रह हुँदैन

चितवन, चैत ७ : कांग्रेस महामन्त्री शशांक कोइरालाले २४ घण्टा नपुग्दौ संघीयता र गणतन्त्रका विषयमा दिएको अभिव्यक्ति फेरेका छन् । 

उनले बुधबार होलीको अवसरमा आफैले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुसँग जनताले चाहेमा हिन्दु राज्यका साथै संघीयता र गणतन्त्रमा पनि जनमत संग्रह गर्नुपर्ने धारणा राखेका थिए । 

तर आज  भरतपुर विमानस्थलमा पत्रकारहरुसँग गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धी भएको भन्दै २४ घण्टा नपुगदै धारणा फेरेका छन् । 
‘गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो । यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन’ शशांकले पत्रकारहरुसँग भने । 

महामन्त्री कोइरालाले हिन्दु राज्यका बारेमा जनमत संग्रह गर्न जनताले सरकारलाई दबाब दिनुपर्ने भने चितवनमा पनि दोहोर्‍याए ।

कोइरालाले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु गलत भएको पनि बताए । उनले वार्ता र सम्वादको माध्यमबाट राजनीतिक रुपमै समस्या सामाधान गर्नुपर्ने बताए । 
याे पनि बढ्नुहाेस् :  हिन्दु राज्य मात्रै होइन्, गणतन्त्र र संघीयतामा पनि जनमत संग्रहमा जानुपर्छ : महामन्त्री कोइराला

 Published Date: Thursday, 21st March 19:04:36 PM