शुक्रबार, असोज १६, २०७७

नेपालसहित ६ देशको स्वर्णभन्दा भारत एक्लैकाे बढी

काठमाडौं, मंसिर २२ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा भारतले सबैभन्दा बढी स्वर्ण जितेको छ। सागमा सहभागी अन्य ६ देशको स्वर्णभन्दा भारतले बढी जितेको छ।

सागको आठौं दिन आइतबार बिहानसम्मको पदक तालिकाअनुसार, भारतले ११० स्वर्ण जितेको छ। दोस्रो नम्बरमा रहेको नेपालको ४३ स्वर्ण छ।

त्यस्तै, श्रीलंकाको ३०, पाकिस्तानको २३, बंगालदेशको सात र मालदिभ्सको एक स्वर्ण रहेको छ। भुटानले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

पदक तालिकाको शीर्षस्थानमा रहेको भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित २१४ पदक जितेको छ। नेपालले ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित १४२ पदक जितेको छ।

त्यस्तै, श्रीलंकाले ३० स्वर्ण, ५७ रजत र ८३ कास्यसहित १७०, पाकिस्तानले २३ स्वर्ण, ३० रजत र ३४ कास्यसहित ८७ पदक जितेको छ। सात स्व्र्ढा, २२ रजत र ५५ कास्यसहित बंगलादेशले ८४, एक स्वर्ण दुई कास्यसहित मालदिभ्सले तीन र भुटानले ६ कास्य पदक जितेको छ।

आज काठमाडौंमा बास्केटबल, बक्सिङ, पुरुष क्रिकेट, फेन्सीङ, पुरुष फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास र टेनिसका खेलहरू हुँदै छन्।

त्यस्तै, पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेलहरू तथा जनकपुरमा कुस्ती हुँदै छ।

 

 Published Date: Sunday, 8th December 2019 6:49:33 am