शुक्रबार, कात्तिक १, २०७६

महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीको पतिसँग सम्बन्ध–विच्छेद

चित्रजङ्ग शाही र रोशनी शाही । | तस्वीर:फेसबुकबाट

काठमाडौं, असोज १६ः सभामुख कृष्णबहादुर महरामाथि यौन–दुर्व्यवहारको आरोप लगाउने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । उनका पति चित्रजङ्ग शाहीले आफ्नो फेसबुकबाट आफूहरुबीचको २८ वर्षलामो सम्बन्ध विच्छेदको पत्र सार्वजनिक गरे ।

रोशनी र उनका पति चित्रजङ्ग शाहीहरुले बिहीबार एक पत्रमा हस्ताक्षर गर्दै सामाजिक सञ्जालमार्फत् सम्बन्ध विच्छेदको सार्वजनिक घोषणा गरेका हुन् । यसको कानूनी प्रक्रिया भने जारी रहेको जनाइएको छ । ">http://

साविक नेकपा (माओवादी केन्द्र) को जनस्वास्थ्य संगठनको अध्यक्षसमेत रहेका रोशनीका पति चित्रजङ्ग शाहीले आफ्नो फेसबुकबाट आफूहरुबीचको २८ वर्षलामो सम्बन्ध विच्छेदको पत्र सार्वजनिक गरे । उनले पत्रका साथ एउटा स्ट्याटस लेखे, ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगैका छौँ । धन्यवाद शुभचिन्तकहरूमा ।’

हातले लेखेको सम्बन्ध विच्छेदको पत्रमा उनीहरुले थप कानुनी प्रक्रिया भने निरन्तर रहने जनाएका छन् । साथै आफूहरु दुवै जनाले खुसीका साथ नै अलग अलग बस्ने निर्णय गरेको बताएका छन् । 

पत्रमा चित्रजङ्ग शाही र रोशनी शाहीले हस्ताक्षर समेत गरेका छन् । सम्बन्ध विच्छेद पत्रमा भनिएको छ, ‘प्रियजनहरु, थुप्रै उतारचढावकाबीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुसीसाथ अलग बस्ने निर्णय गरेका छौ । कानुनी प्रक्रिया निरन्तरताका साथ ।’

 Published Date: Thursday, 3rd October 11:19:51 AM