मंगलबार, जेठ ७, २०७६

७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटे पाठक 

काठमाडौं, जेठ १ : घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक धरौटीमा छुटेका छन्।  

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र द्वारिकामान जोशीको इजलासमा थुनछेक बहसपछि  पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशपछि पाठक ७८ लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटेका हुन्।

बुधबार कार्यालय समयमै विशेष अदालतमा हाजिर भएका पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी अदालतलाई बुझाएका थिए। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण बाहिरिएपछि फरार थिए। 

भक्तपुरको इन्जिनियरिङ कलेजको मुद्दामा घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। गत चैत १२ गते मुद्दा दर्ता भएपछि पाठक फरार थिए।

 

 Published Date: Wednesday, 15th May 19:01:28 PM