प्रधानमन्त्रीको विप्लवलाई चेतावनी–‘हतियार बुझाउन लुरू–लुरू आऊ नत्र....’

काठमाडौं, चैत १०: प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुरुलुरु हतियार बोकेर बुझाउन आउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै उनले नत्र सरकारलाई कसरी फिर्ता लिनुपर्छ भन्ने थाहा भएको बताएका हुन्।  

‘हतियार बुझाउन समय दिएको छ। लुरुलुरु आए हुन्छ। नबुझाए कसरी लिनुपर्छ भन्ने थाहा छ, लिन्छ।’ उनले भने,‘लोकतान्त्रिक मूल्यमा चल्नुपछर्, त्यही हो कुरा । त्यसमा सरकार दृढ छ। अब देशमा यस्तै अशान्तिको श्रृंखला जारी रहँदैन। अब विकासमा बाधा हुन दिँदैनौँ।’

‘विप्लव समूह’ भनेर चिनिने समूहलाई सरकारले धेरैपटक आग्रह गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने,‘त्यो समूहको ठेगाना छैन। त्यो समूहका अपराधिक नीति र क्रियाकलाप छन्। यो विध्वंश बन्द गर भनेर विध्वंश निषेध भन्यो सरकारले। त्यसपछि हनहनी ज्वरो आयो। बम पड्काउन पाउने लुट्न हुन्छ, लोकतन्त्रमा? जन्तीका बस जलाउन हुन्छ लोकतन्त्रमा ? त्यो गर्न पाइँदैन भन्दा लोकतन्त्र धरापमा प¥यो, सम्झाउनुपथ्र्यो भन्ने?’

‘मैले पनि गरेँ । चुनाव पनि हुन दिन्न भन्ने  त्यसमा बम पड्काउने, बेसरोकारका मान्छे मारिएको छ। चन्दाका नाममा लूटपाट गरिएको छ। त्यसो नगर्न धेरैपटक भनियो, भएन’,  निकै आक्रामक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘श्रीकृष्णलाई सम्झाउन आउँथ्यो द्वापर युगमा। श्रीकृष्णले अर्जुनलाई एकछिन सम्झाउँदा गीता बन्यो। सम्झाउँदा भएन भने चक्र किन बोके कृष्णले । रामलाई पनि सम्झउन आउँथ्यो छर धनुर्वाण देख्ने गरी बोक्थे।’

सरकार विप्लव समूहलाई नियन्त्रण गर्न अघि बढेको बताउँदै भने उनले, ‘ब्याक गेर छैन। नियन्त्रण गर्छ।’  

 Published Date: Sunday, 24th March 2019 4:38:05 pm