शुक्रबार, कात्तिक १, २०७६

राष्ट्रपतिद्वारा ६३४ व्यक्तिलाई पदक घोषणा, निकटस्थकै बोलबाला 

राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडौं, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न मानपद्वी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । मानपद्वी पाउनेहरूमा देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वभन्दा पनि धेरैजसो आफन्तजन, निकटस्थ, सेवक र पार्टी कार्यकर्ता रहेका छन्। 

गृह मन्त्रालयले गोरखापत्रमा छापेको विभूषित हुने व्यक्तिको सूचीको शीर्ष स्थानमा गत महिना दिवंगत भएका विद्वान लेखक÷साहित्यकार एवम् पत्रकार मदनमणि दीक्षित रहेका छन् । दीक्षितसहित मरणोपरान्त महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) पदक पाउने अन्यमा फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा  मृत्यु भएका भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि छन्। 

तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टरमा उनीसँगै निधन भएका व्यवसायी आङ्छिरिङ शेर्पालाई सिद्ध प्रवल जनसेवाश्री (प्रथम श्रेणी) प्रदान गरिने घोषढाा भएको छ भने सो दुर्घटनामा निधन भएका अन्यलाई पनि विभिन्न पदक प्रदान  पाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि शिक्षण अस्पतालकी प्राध्यापक डा. दिव्या सिंह शाहले महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गरिने भएको छ। 

डा. शाहसँगै प्रधानमन्त्री ओलीको उपचारमा विगतदेखि हालसम्म सामेल भएका भारतीय तथा सिंगापुरका डाक्टरलाई पनि सोही मानपद्वी दिइने भएको छ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा कार्यरत सिनियर कन्सल्ट्यान्ट प्राध्यापक अनन्थरमण वास्थसाला, दिल्लीको एमएक्स ग्रूप अफ हस्पिटलका प्रमुख प्राध्यापक डा. अनन्तकुमार, इन्स्टिच्युट अफ एडल्ट रिकन्स्ट्रक्सन, स्पोर्टस इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका प्रमुख डा. राजीवकुमार शर्मा, अपोलो अस्पताल नयाँदिल्लीका डा. हर्ष दुवासहिले सुप्रसिद्ध प्रवल जनसेवाश्री (प्रथम श्रेणी) पाउने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराले पनि सोही पदवी पाउने छन्।

चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. भगवान कोइराला उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) बाट सम्मानित हुनेभएका छन् । उनलाई भने प्रधानमन्त्रीकी निजी चिकित्सक  शाहले भन्दा तल्लो तहको सम्मान घोषणा गरिएको छ।  

गृह मन्त्रालयको सूचीअनुसार, उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ । यसैगरी विभिन्न व्यवसायी, पत्रकार, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ।

विभिन्न पदक पाउने घोषणा भएका व्यवसायीहरूमा उद्यमी अशोककुमार अग्रवाल, चन्द्र ढकाल, पासाङ दोर्जे शेर्पालगायत छन्।

विभिन्न विभुषण पाउने पत्रकारहरूमा राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन, नेकपा केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापा, गोरखापत्रका सल्लाहकार गोपाल खनाल, गगन विष्ट, साविक प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल गुरागाईं, गोविन्दप्रसाद चौलागाईं, टंक पन्त, राजेन्द्र अर्याल, नितु पण्डित, बद्रिकाजी गुरुङ रहेका छन्। 

यस्तै पदक पाउने सूचीमा परेका अन्य पत्रकारहरूमा गंगा बराल, डीआर घिमिरे, विदुर गिरी, दिपेश केसी, दुर्गाप्रसाद शर्मा, देवराम यादव, छेटु शेर्पा, सिद्धराज राई, वसन्तप्रताप सिंह, विष्णुलाल बुढा, श्यामसुन्दर यादव, माधव नेपाल, हरिप्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाईं, सुवास खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास, यज्ञ शर्मा जमकट्टेल आदि रहेका छन्। 

सरकारले प्रदान गर्ने विभिन्न मानपद्वी, अलंकार र पदकद्वारा विभूषित हुने व्यक्तिकाे नाम :