सुनसरी पुगेर प्रचण्डले भने-केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ 

फाइल फोटो

धरान, जेठ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो गरेका छन्।  

सुनसरी क्षेत्र नम्बर १ का कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउने बताएका हुन्।  “हामी निरन्तर संवादमा छौं। पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, प्रचण्डले भने,“सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं। मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु।”

उनले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गरेका थिए। प्रचण्डले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए।
उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी दिए। रासस

 Published Date: Saturday, 1st June 2019 6:28:32 pm