मंगलबार, असार ३, २०७६

प्रहरीले बौद्धमा गोली हानेर लुटेरा समात्यो

गाेली लागेर घाइते भएका छिरिङ तामाङ ट्रमा सेन्टरमा

काठमाडौं, जेठ २४ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ। 

तेह्रथुम म्याङ्लुङ घर भएका छिरिङको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेको छ । महाशाखाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त हुन् ।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोलि लागी घाइते उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले गोली हानेर पक्राउ गरेसँगै कोटेश्वरमा प्रहरी चौकी अगाडि हुन लागेको डकैतीको योजना टरेको प्रहरीले दाबी गरिएको छ ।

 Published Date: Friday, 7th June 18:30:17 PM