सोमबार, मंसिर ३०, २०७६

प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ : शंकर पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल । | तस्वीर:फाइल फोटो

काठमाडौं, कात्तिक २६  : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहिरहने दाबी गरेका छन् । रिमालले सबै सल्लाहकारको राजीनामा मागेपछि उनी पनि हट्ने अनुमान भइरहँदा मुख्यमन्त्री पोखरेलले त्यो ‘हल्ला’ मात्र सावित हुने बताएका हुन् ।

पोखरेल पनि नेकपाभित्र प्रधानमन्त्री ओलीका एक जना ‘सक्सेसर’ का रूपमा ‘प्रोजेक्सन’ गरिने नेता हुन् । उनी ‘ओली समूह’ भित्रका एक जना प्रभावशाली नेता मानिन्छन् । उनले कुनै जानकारीबिनै समर्थन जनाउन मात्र सार्वजनिक रूपमा यस्तो धारणा सार्वजनिक गरे होलान् भन्ने अवस्था हैन । 

रिमाललाई हटाउन चाहने प्रधानमन्त्री ओली समूहकै केही नेता भने यसलाई पोखरेलको मुख्य सल्लाहकारमा उनलाई समर्थनका रूपमा व्याख्या गर्छन् । पोखरेलले केहीबेरअघि फेसबुकमा लेखे, ‘प्रमको समृद्ध नेपाल सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’ 

प्रदेश ५ का मुख्यमन्त्री भएपछि बुटवलमै धेरैजसो बस्दै आएपछि पोखरेल केही ओझेलमा परेका भए पनि पोखरेल नेकपाभित्रका भलाद्मी र राजनीतिक संस्कार भएका नेताका रूपमा चिनिन्छन् । उनको सार्वजनिक अभिव्यक्तिले बजारमा हल्ला भएजस्तो प्रमुख सल्लाहकारबाट विष्णु रिमाल नहट्ने कुरालाई पुष्टि गर्छ । यद्यपि, प्रधानमन्त्रीको गुटका एकथरि नेताहरू भने उनको सट्टा प्रदीप ज्ञवाली वा महेन्द्र पाण्डेलाई बनाउन लागिपरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले शुक्रबार  प्रधानमन्त्रीका सबै सल्लाहकारसहित सचिवालयका सबैलाई भेला गरी राजीनामा गर्न आग्रह गरेपछि उनी पनि सचिवालयले कुशलतापूर्वक काम नगर्नुको मुख्य जिम्मेवार रहेको अरु सल्लाहकारले आरोप छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मुख्य सल्लाहकार रिमाललाई बोलाएर  आफ्नो सचिवालयले भनी असन्तुष्टि पोखेका थिए । रिमालले ‘सबैको राजीनामा’ माग्नेबित्तिकै सञ्चारमाध्यम पार्टीपंक्तिसहित सर्वत्रबाट उनैमाथि प्रश्न उठाइएको थियो । नेकपा र कर्मचारीतन्त्रभित्र एक हदसम्मको खुशी व्यक्त भयो । 

नेकपाका एउटा विभागका उपप्रमुखले नाम नलेख्न आग्रह गर्दै भने, 'विष्णु रिमालले नसकेको काम कोही ज्ञवाली वा पाण्डेले कुशलतापूर्वक गर्नसक्लान् भन्ने मलाई लाग्दैन ।' रिमालको रुखो मिजासबाहेक अंग्रेजी र प्रविधिमा पहुँचसँग कसैको तुलना गर्न नमिल्ने बताउँदै प्रधानमन्त्री यही क्षमता र 'स्मार्टनेस' बाट प्रभावित भएकाले हल्ला भएजस्तो प्रधानमन्त्रीलर् हटाइ हाल्लान् भन्ने आफूलाई पनि नलाग्ने उनले बताए ।

 Published Date: Tuesday, 12th November 14:04:17 PM