शनिबार, माघ ११, २०७६

नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्रा आउने

काठमाडौं, पुस २९ : नेपालका लागि भारतको राजदूतमा विनयमोहन क्वात्रा आउने भएका छन् । फ्रान्सका लागि भारतीय राजदूत रहेका क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पठाउन लागेका हुन् ।

१९८८ मा परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा रहेर नेपालमा बसेर काम गरिसकेका छन्। 

फ्रान्समा कार्यकाल नसकिदैन मोदीले उनलाई नेपाल पठाउने तयारी गरेका हुन् । यस्तै अमेरिकाका लागि भारतीय राजदूतमा भने तरनजीत सिंह सन्धूलाई पठाउने तयारी गरेको छ । 

 Published Date: Tuesday, 14th January 22:50:47 PM