सोमबार, जेठ १९, २०७७

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय १६ पुग्यो

काठमाडौं, जेठ ९ : कोरोनाभाइरसको संक्रमण थप ९ जनामा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार राती जारी गरेको विज्ञप्तिका अनुसार बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित पुष्टि भएको हो। 

बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, सप्तरीको बलानबिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ का ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ का ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

 Published Date: Friday, 22nd May 20:54:59 PM