बिहीबार, चैत्र २०, २०७६

टि-२० वरियतामा नेपाल १२औं स्थानमै

| तस्वीर:फाइल फाेटाे

काठमाडौं, फागुन ६ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टि–२० क्रिकेटको नयाँ वरियतामा नेपाल १२औं स्थानमै रहेको छ। २४ खेल खेलेको नेपालले १९२ रेटिङ पाएको छ। यो एसोसिएट्स राष्ट्रको शीर्ष वरियता हो।

टि–२० वरियतामा पाकिस्तान शीर्ष स्थानमै छ। अस्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन्। यस्तै न्युजिल्यानड छैठौं, अफगानिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, वेस्टइन्डिज १०औं र जिम्बाबे ११औं स्थानमा छन्।

टि–२० वरियतामा व्यक्तिगततर्फ सन्दीप लामिछाने र करण केसी यथावत रहँदा पूर्वकप्तान पारसख खड्का भने एक स्थान तल झरेका छन्। नयाँ वरियताअनुसार, सन्दीपले बलिङतर्फ र करणले अराउन्डरतर्फ यथास्थान कायम गरेका हुन्। बलिङतर्फ सन्दीप ८४औं स्थानमा छन् भने करण अलराउन्डरतर्फ ७४औं स्थानमा आएका छन्।

यसैगरी पूर्वकप्तान पारस भने वरियतामा एक स्थान तल झर्दै ६२औं स्थानमा आएका छन्। उनी अलराउन्डरतर्फ भने २६औं स्थानमै यथावत छन्। यस्तै, अलराउन्डरमै सोमपाल कामी ६४औं स्थानमा यथावत रहेका छन्।

 Published Date: Tuesday, 18th February 15:56:40 PM