मंगलबार, असार ३, २०७६

नेपाल बारको चुनावमा २५ पदका लागि ६४ जनाको उम्मेदवारी

| तस्वीर:फाईल फोटो

काठमाडौं, फागुन ६ : कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ कार्यसमिति चुनावका लागि ६४ जनाको उम्मेदवारी परेको छ । 

चैत १६ गते हुने बारको २५ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

नयाँ नेतृत्वका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीनिकट कानून व्यवसायी र कांग्रेस निकट कानून व्यवसायीबीच प्रतिस्पर्धा छ । 

नेकपा निकट कानून व्यवसायी संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) ले संघीय समाजवादी फोरम र प्रोग्रेसिभ लयर एशोसिएसनसँग गठबन्धन गरेर प्रगतिशील, पेशागत तथा समावेशी समूह गठवन्धन बनाएको छ । 

कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) ले राजपा नेपाल र राप्रपानिकटका कानून व्यवसायी संगठनसँग गठबन्धन गरेको छ । कांग्रेस निकट समूहले डेमोक्रेटिक मधेसी, आदिवासी जनजाति तथा पेशागत समूह नाम दिएका छन् ।

अध्यक्षका लागि नेकपा निकटका एनएलए समूहका चण्डेश्वर श्रेष्ठ र  कांग्रेस निकट डेमोक्रेटिक मधेसी, आदिवासी जनजाति तथा पेशागत समूहबाट सुनीलकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । 

त्यस्तै डा. पुण्यप्रसाद खतिवडा, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुंगाना, लोकेन्द्रध्वज खाँड, गजेन्द्रबहादुर थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

 Published Date: Monday, 18th February 19:53:32 PM