शुक्रबार, असोज १६, २०७७

नारायणगढ-मुग्लिन सडक दैनिक चार घन्टा बन्द हुने

भरतपुर, मंसिर २५ : नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसो चार घन्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि दिउँसाे सडक बन्द गर्ने निर्णय गरेकाे छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएकाे छ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैलाई आग्रह गरेको छ।

सडक स्तराेन्नति र मर्मतसम्भार चलिरहेकाले सडक बन्द गर्न नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग माग गरेकाे थियाे। याे समयमा निर्माणकाे काम हुने जनाएकाे छ।  दुई साता नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिने भएको छ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिने जनाएको छ।

एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 Published Date: Wednesday, 11th December 2019 7:06:02 am