बिहीबार, साउन २, २०७६

हात हालाहाल भएकै छैन, मिडियाले तीललाई पहाड बनायो : मातृका यादव

उद्योगमन्त्री मातृका यादव ।

काठमाडौं, जेठ १ : उद्योगमन्त्री मातृका यादवले आफ्नो कार्यकक्षमा हात हालाहाल नभएको बताएका छन्।

केहीबेर अघि उनको कार्यकक्षमा कुटाकुट भएको भन्दै आएको समाचारबारे मिडियामा आएजस्तो कुनै घटना नभएको बताए।

काठमाडौंप्रेससँग कुरा गर्दै उनले भने, ‘केही भएको हैन। मिडियावालाहरूको कमाल हो। तीलको पहाड बनाउँछ  के यहाँ। केही कांग्रेसीहरू आफू उद्योग विभागमा जान नपाएकोमा रिसाएर मेरो निजी सचिवलाई धम्क्याउँदै थियो। मैले तपाईंहरू यहाँ आएर किन बबाल मच्चाउनुहुन्छ। भ्रष्टाचार गरेको छ भने प्रमाण ल्याउनुस् न, कारवाही गर्छु भनेको हुँ। अरु केही भएकै हैन।’

उनले एउटा अनलाइन आफूविरुद्ध लागिपरेको समेत आरोप लगाए। उनले भने, ‘हैन हैन। हात हालाहाल भएकै छैन। एउटा अनलाइन त मेरो सबै चिज खोजेरै हिँड्छ के ? हडिङ एउटा बनाउँछ, कन्टेन्ट अर्कै हाल्छ। फेरि तपाईं मिडियाहरूलाई त त्यो राइट छ फेरि।’ 
 

 Published Date: Wednesday, 15th May 17:42:45 PM