
| तस्वीर:फाइल
काठमाडौं, साउन २८ : उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ।
फर्जी बैंक ग्यारेन्टी गर्न जमानी बसेका मन्त्री खत्रीलाई पक्राउ गरी तीन दिनभित्र अदालतमा उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको हो।
न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भएर आएपछि मन्त्री खत्रीलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएको हो।
केएसके नामक कन्स्ट्रक्सन कम्पनीका मालिकसमेत रहेका मन्त्री खत्री ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा जमानी बसेको पाइएको छ।
यस्तै, बैंक ग्यारेन्टी गर्दा प्रत्यक्ष संलग्न रहेका ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीसहित बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई पक्राउ गरी प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो।