बिहीबार, चैत्र २०, २०७६

नायिका महिमा सिलवालको स्कुटर दुर्घटनामा मृत्यु

नायिका महिमा सिलवाल। | तस्वीर:फाइल फाेटाे

काठमाडौं, फागुन १ : नायिका महिमा सिलवालको स्कुटर दुर्घटनामा मृत्यु भएको छ। बुधबार साँझ काठमाडौंबाट चितवन जाने क्रममा गजुरी गाउँपालिका–२ चाम्बासमा स्कुटर दुर्घटना भएको हो।

प्रहरीका अनुसार, उनले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठोक्किँएको थियो। दुर्घटनामा स्कुटरमा सवार उनकी बहिनी शर्मिला सिलवालको पनि मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते महिमा उपचारका लागि स्थानीय गजुरी स्वास्थ्य केन्द्र लगिएको थियो। उनको स्वास्थ्य केन्द्रमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा घइते उनकी बहिनीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

उनी दिदीसँगै चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरस्थित घर जाँदै थिइन्।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महिमाले ‘कारबाही, अप्रिल फुल, चियर्स, दानव फिल्ममा अभिनय गरेकी थिइन्। फिल्मसँगै उनी म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी थिइन्।

 

 Published Date: Thursday, 13th February 10:15:17 AM