बिहिबार, असोज १५, २०७७

भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन हुने

काठमाडौं, साउन ६ : सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै  सरकारका प्रवक्ता युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन हुने बताए।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

 Published Date: Tuesday, 21st July 2020 1:30:03 pm