शुक्रबार, साउन ३०, २०७७

लकडाउनको अवधिमा नेपालमा इन्टरनेटको प्रयोग ३५ प्रतिशतले वृद्धि

काठमाडाैं, असार २८ : लकडाउनको अवधिमा नेपालमा इन्टरनेटको प्रयोग ३५ प्रतिशतले वृद्धि भएको छ।

इन्टरनेट सेवा प्रदायकहरुको साझा संस्था नेपाल नेटवर्क अपरेटर ग्रुपको अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। लकडाउनमा रोजगार शिक्षा र मनोरञ्जनको माध्यम इन्टरनेट बनेकाले यसको प्रयोग ३५ प्रतिशतले बढेको संस्थाको भनाइ छ।  

लकडाउन अवधिअघि १४६ जिबी प्रतिसेकेण्ड प्रयोग हुँदै आएको थियो। चार महिनाको लकडाउनमा प्रतिसेकेण्ड २१ सय जिबीको गतिमा इन्टरनेट प्रयोग भइरहेको अप्रेटर ग्रुपका पदाधिकारी समितजन थिङ् बताउँछन्।

'नेटफ्लिक्स, अनलाइन लुडो, टिकटक जस्ता एपको अत्यधिक प्रयोग बढेकाले इन्टरनेटको खपत बढेको हो,' उनले भने।  नेपालमा खपत हुने इन्टरनेटमध्ये फेसबुक र गुगलको हिस्सा ८२ प्रतिशत छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालको कूल जनसंख्याको ७२ प्रतिशतले दैनिक इन्टरनेटको प्रयोग गर्छन्।

 Published Date: Sunday, 12th July 18:55:22 PM