आईतबार, फागुन ५, २०७५

एउटै गाउँमा चितुवाले चिथोरेर २३ को मृत्यु

बैतडी, माघ २२ : बैतडी जिल्लाको एउटै गाउँमा विगत ७ वर्षमा २३ जनाको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला छन् । एक सय भन्दा बढी घाइते भइसकेका छन् । 

विशालपुर, उदयदेव, पञ्चेश्वर, आम्चौर, गिरेगडा, रोडीदेवल, शिबनाथ र शर्माली गाविस मिलेर बनेको शिवनाथ गाउँपालिकाका स्थानीय वासिन्दाहरू हिजोआज चितुवाले चिथोर्ने डरले एक्लै–दुक्लै हिँड्दैनन् । चितुवाले खासगरी बालबालिका र एक्लै रहेका मानिसहरूलाई आक्रमण गर्ने गरेका छन् ।

यो गाउँमा २०६८ साल असाेजयता चितुवाको आक्रमणमा परी मृत्यु हुनेमध्ये १६ जना १० वर्षमुनिका र पाँच जना १६  वर्षमुनिका बालबालिका छन् । दुइ जना मात्रै वयस्क छन् । चितुवाको डरले एउटा परिवारले त गाउँ छाडेर अन्तै बसाइँ सरिसकेको छ ।

२०६८ साल असाेजयता चितुवाको आक्रमणमा परी मृत्यु हुनेमध्ये १६ जना १० वर्षमुनिका र पाँच जना १६  वर्षमुनिका बालबालिका छन् । दुइ जना मात्रै वयस्क छन् । चितुवाको डरले एउटा परिवारले त गाउँ छाडेर अन्तै बसाइँ सरिसकेको छ ।

दिउँसो घरआँगनमै आएर चितुवाले आक्रमण गर्दा महिलालाई घाँसदाउरा गर्न र बालबालिकालाई विद्यालय जान समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउँदले बताए । 

डिभिजन बन कार्यालय बैतडीका अधिकृत केशव पराजुलीले शिवनाथ गाउँपालिकामा मान्छे मार्ने चितुवा एउटै हो कि होइन भन्ने यकिन भइनसकेको बताए । सात वर्षअघि चितुवाबाट एक बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाहरूले पासो थापी चितुवा मार्न थाले । उनीहरूले तीन चितुवालाई पासोमा पारेर र एकलाई गोली हानी मारे । तर, चितुवा आक्रमण रोकिनुको सट्टा झन् बढी हुन थाल्यो ।   

पराजुलीको भनाइमा वन्यजन्तुको  वासस्थान खल्बलिएको र बनमा आहारको कमी भएकोले चितुवा गाउँ पसेको हो । मानिसले प्रत्याक्रमण गर्न थालेपछि चितुवा झन् बढी हिंस्रक र नरभक्षी भएको उनले बताए । 

सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका २३ जनालाई जनही रु १० लाख र घाइते भएकालाई प्रति व्यक्ति रु २ लाखका दरले राहत वितरण गरेको छ । तर, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने र चितुवाको आक्रमण रोक्ने ठोस पहल चाहिँ भएको छैन ।

सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका २३ जनालाई जनही रु १० लाख र घाइते भएकालाई प्रति व्यक्ति रु २ लाखका दरले राहत वितरण गरेको छ । तर, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्ने र चितुवाको आक्रमण रोक्ने ठोस पहल चाहिँ भएको छैन । 

चितुवा प्रभावित क्षेत्रमा गाउँलेको सुरक्षाका लागि पटक–पटक प्रहरी टोली खटाउने गरेको जिल्ला बन कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीले बताए । तर, प्रहरीसँग चितुवा मार्ने अधिकार नभएकोले आफूहरूले खासै केही गर्न नसकेको उनले बताए ।

चितुवाको आक्रमणमा परी मृत्यु भएकाहरु
बिर बहादुर चन्द डेढ वर्ष
सुनिल साउँद अढाई वर्ष
सुनिता कुमारी साउँद १० वर्ष
किथीदेवी साउँद  २७ वर्ष
आशा कुमारी कोली १३ वर्ष
निर्मला कुमारी जोशी  ११ वर्ष
दिपक बहादुर चन्द साढे ४ वर्ष
नविन भट्ट  ६ वर्ष
सुरजराम लुहार १० वर्ष
१० चम्पा कुमारी भट्ट ११ वर्ष
११ सुप्रीका चन्द  ४ वर्ष
१२ मञ्जु चन्द  ८ वर्ष
१३ सन्तोष चन्द ७ वर्ष
१४ पार्वती चन्द  २८ वर्ष
१५ महेश चन्द  ४ वर्ष
१६ कोपिला चन्द डेढ वर्ष
१७ प्रतिष्ठा कुमारी बिष्ट ६ वर्ष
१८ डम्बर सोनी ७ वर्ष
१९ ललिता साउँद ७ वर्ष
२० सचिन साउँद ७ वर्ष
२१ चञ्चला साउँद १२ वर्ष
२२ उज्जली साउद १२ वर्ष
२३ सपना लुहार १६ वर्ष