मंगलबार, असोज १३, २०७७

कालिकोट पहिरोले घर पुरिँदा ६ बालबालिकाको मृत्यु

कालिकोट, साउन ३० : पहिरोले घर पुरिँदा कालिकोटको महाबै गाउँपालिका-३ मा ६ बालबालिकाको मृत्यु भएको छ।

गएरातिगएको पहिराले वडा सदस्य राजबहादुर बिष्टको घर पुरिएको छ। घर पुरिँदा उनका चार र उनका दाइका दुई सन्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार राति १२ बजे पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले घरको छानो भत्किएको थियो। माथिल्लो तलमा सुतिरहेका ६ वटै भाइबहिनीहरु पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा पुरिँएर वडा सदस्य बिष्टका छोरोछारीहरु १३ वर्षीय पुष्प, ११ वर्षीय प्रविन, १८ वर्षीया सबिना र १५ वर्षीया आशा विष्ट तथा उनका दाजु डिलबहादुर विष्टका छोरीहरु १९ वर्षीया शान्ति र १० वर्षीया रेखाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलियाले बताए।

तल्लो तलामा सुतेका वडा सदस्य बिष्ट र उनकी पत्नी सकुशल रहेका छन्। उनीहरुलाई सामान्य चोट लागकेो छ।

पहिरोको गएको खबर पाउने वितिक्कै स्थानीय वासिन्दा उद्धारमा जुटेका थिए। तर, पहिरो पुरिएको ६ बालबालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

 

 Published Date: Friday, 14th August 2020 4:49:45 am