आईतबार, फागुन ११, २०७६

काठमाडौंकाे जग्गाको मूल्य प्रतिआना चारदेखि ५० लाखसम्म, कहाँ कति? (सूचीसहित)

काठमाडाै‌ं उपत्यका।

काठमाडौं, असार ११ : काठमाडौं महानगरपालिकाले महानगरभित्रको जग्गाको सरकारी मूल्य निर्धारण गरेको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटसँगै सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत जग्गाको मूल्य निर्धारण गरेको हो। सोही मूल्यका आधारमा महानगरपालिकाले अब सम्पत्ति करसमेत उठाउनेछ।  

मंगलबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत महानगरपालिकाले महानगरभित्रका एक सय ७७ स्थानको जग्गाको मूल्य निर्धारण गरेको हो।

महानगरले प्रतिआना चार लाख रुपैयाँदेखि प्रतिआना ५० लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरेको छ। महानगरले पाँच वटा क्षेत्रका जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ।

महानगरले हनुमान ढोका, न्यूरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतिघर, त्रिपुरेश्वर, पुतलिसडक, कमलादी, भद्रकाली, रत्नपार्कलगायतका क्षेत्रमा प्रतिआना जग्गाको मूल्य ५० लाख रुपैयाँ तोकेको छ।

कहाँकाे जग्गाकाे मूल्य कति?