बिहीबार, चैत्र २०, २०७६

इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा युभेन्ट्स 

काठमाडौं, फागुन ५ : युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा ब्रेसियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलको ३७ औँ मिनेटमा ब्रेसियाका फ्लोरियन आएले रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए । त्यसको एक मिनेट पछि पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ७५ औँ मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा एक अंकले पछि छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेशन जोनमा छ ।

 Published Date: Monday, 17th February 08:45:01 AM