शनिबार, साउन ३१, २०७७

भारतमा एकैदिन २१ हजार वढीमा कोरोना पुष्टि 

काठमाडौं, असार १९ : भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ ।

यस्तै एकै दिन ३७७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २२५ पुगेको छ ।

संक्रमितमध्ये भारतमा ३ लाख ७९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।

 Published Date: Friday, 3rd July 06:43:56 AM