बिहीबार, चैत्र २०, २०७६

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

काठमाडौं, फागुन ४ : इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले तालिकाको पुछारमा रहेको नर्विच सिटीलाई एक–शून्यको अन्तरले हरायो ।

लिभरपुलको जितमा साडियो मानोको दोस्रो हाफको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ७८औँ मिनेटमा मानेले गोल गरे । जितसँगै लिभरपुलले शीर्ष स्थानमा २५ अङ्कको अग्रता लिएको छ ।

लिभरपुलले ७६ अङ्क बनाएको छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५१ अङ्क छ । शनिबार नै भएका अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई तीन–एकले हराएको छ । ब्राइटन र वाटफोर्डले एक–एक को बराबरी खेलेका छन् ।

शेफिल्ड युनाइटेडले बर्नमाउथलाई दुई–एकले हराउँदा वुल्भ्स र लेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै बर्नले एफसीले साउथह्याम्पटनलाई दुई–एकले हराएको छ ।  

 Published Date: Sunday, 16th February 07:57:14 AM