बिहीबार, साउन २, २०७६

काठमाडौं उपत्यकामा भूकम्प गयो, केन्द्रविन्दु भक्तपुर

काठमाडौं, असार २१ :  काठमाडौं उपत्यकामा भूकम्प गएको छ। 

शनिबार दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौं उपत्यका आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।  भक्तपुरको दुधपाटीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार यो भूकम्पपछिको परकम्प हो।

भूकम्पले क्षति पुर्‍याएको छ कि छैन भन्नेबारे थप विवरण भने आउन बाँकी छ। 

२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछिको भूकम्पको पराकम्प गइरहेको छ। 

 Published Date: Saturday, 6th July 16:18:31 PM