मंगलबार, चैत्र २५, २०७६

भारतले जित्यो अस्ट्रेलियाविरुद्धको सिरिज

काठमाडौं, माघ ६ : कप्तान विराटन कोहली र ओपनर रोहित शर्माले कीर्तिमानी इनिङ खेलेपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । रोहितले शतक र कोहलीले अर्धशतक बनाएपछि बैंग्लोरमा भएको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियालाई ७ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ ले जित्यो । 

बैंग्लोरमा अस्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो भारतलाई सहज जित दिलाउने क्रममा रोहित शर्माले ११९ रनको इनिङ खेले । उनले १२८ बल खेल्दै ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले ८९ रन बनाए भने श्रेयस ऐयरले ४४ रन बनाए । कोहलीले ९१ बल खेल्दै ८ चौका प्रहार गरे भने ऐयरले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । 

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले स्टेभन स्मिथले शतक बनाएपछि ५० ओभरमा ९ विकेट गुमाउँदै २८६ रन बनायो । स्मिथले १३२ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै १३१ रन बनाए । यस्तै मार्नस लाबुसेनले ५४ रन बनाउँदा एलेक्स क्यारीले ३५ रन बनाए । भारतका मोहम्मद सामीले ४ विकेट लिए । उनले १० ओभरमा ६३ रन खर्चिए । यस्तै, रविन्द्र जडेजा २ तथा नवदीप सैनी र कुलदीप यादवले समान १ विकेट लिए । 

रोहितले तोडे सचिन र गांगुलीको रोकर्ड

अस्ट्रेलियाविरुद्ध शतकीय इनिङ खेल्दै विस्फोटक ब्याट्सम्यान रोहित शर्मा मास्टर ब्लास्टर सचित तेन्दुलकर र सौरभ गांगुलीको रोकर्ड तोडे । सचिन र गांगुलीको रेकर्ड तोड्दै रोहित ओडिआईमा सर्वाधिक छिटो ९ हजार रन पुरा गर्ने तेस्रो खेलाडी बने । रोहितले २१७ इनिङमा ९ हजार रन पुरा गरेका छन् । ९ हजार रन पुरा गर्न सचिनले २३५ र गांगुलीले २२८ इनिङ खेलेका छन् । यो सूचीमा भारतीय कप्तान विराटन कोहली शीर्षस्थानमा छन् । उनले १९४ इनिङमा ९ हजार रन पुरा गरेका थिए । 

कोहली बने छिटो ५ हजार रन बनाउने कप्तान

अस्ट्रेलियामा बैंग्लोरमा ८९ रनको इनिङ खेलेका विराट कोहली ओडिआईमा सर्वाधिक छिटो ५ हजार रन बनाउने कप्तान बनेका छन् । मिचेल स्टार्कको बलमा चौका प्रहार गर्दै कोहलीले रेकर्ड आफ्नो नाममा लेखाए । यसक्रममा कोहलीले पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडे । कोहलीले ८२ इनिङमा कप्तानका रुपमा ५ हजार रन पुरा गरे । धोनीले १२७ इनिङमा ५ हजार रन पुरा गरेका थिए । 

यसैगरी अस्ट्रेलियाविरुद्धको अर्धशतकीय इनिङसँगै कोहली १ सय खेलमा ५० भन्दा बढी रन बनाउने दोस्रो भारतीय खेलाडी पनि बने । यसक्रममा कोहलीले ४३ शतक र ५७ अर्धशतक बनाएका छन् । सचिनले १४५ पटक ५० भन्दा बढी रन बनाएका छन् । यो सूचीमा उनी शीर्ष स्थानमा छन् । सचिनले ४९ शतक र ९६ अर्धशतक बनाएका छन् । 
 

 Published Date: Monday, 20th January 07:03:52 AM