सोमबार, मंसिर ३०, २०७६

नेकपा अनुशासन आयोग अध्यक्षमा बोहोरा

अमृत बाेहाेरा।

काठमाडाैं, कात्तिक २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे अनुशासन आयाेगकाे अध्यक्षमा अमृत बाेहाेरा चयन भएका छन्।

साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकले अनुशासनसँगै अन्य आयाेगकाे टुङ्गाे लगाएकाे हाे।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, अनुशासन आयोगको अध्यक्षमा बोहोरा र सचिवमा अशोक रोकाया चयन भएका छन्।

त्यस्तै लेखा परीक्षण आयोगको अध्यक्ष पुष्प कँडेल र सचिव टेकनाथ आचार्य तथा निर्वाचन आयोगकाे अध्यक्षमा बिष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिइएकाे छ।

केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेलले जिम्मेवारी पाएका छन भने केन्द्रीय सल्लाहकार कम्युनिष्ट कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन्।

यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चकाे अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिव गोविन्द ज्ञवाली चयन भएका छन्।

गत वर्ष एकीकरण भएकाे एमाले र माओवादी केन्द्रबीच अब प्रवास कमिटी मात्रै टुंग्याउन बाँकी छ।

आजकाे सचिवालय बैठकमा पार्टी एकीकरणका विषयमा मात्रै छलफल भएकाे प्रवक्ता श्रेष्ठले बताए।

 Published Date: Monday, 11th November 12:21:28 PM