शुक्रबार, साउन ३०, २०७७

संसारभर सवा करोड नाघे कोरोना संक्रमित

काठमाडौं, असार २८ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या सवा करोड नाघेको छ भने अझै संक्रमण बढ्ने क्रम रोकिएको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ४७ हजार सात सय ६२ पुगेको छ। यसमध्ये पाँच लाख ६७ हजार पाँच सय ६३ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७४ लाख ८३ हजार तीन सय ३३ जना निको भएका छन्।

सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजार ६ सय ४६ पुगेको छ। जसमध्ये एक लाख ३७ हजार चार सय तीन जनको मृत्यु भएको छ भने अझै १५ हजार आठ सय १९ जना गम्भीर रहेका छन्। अमेरिकामा १४ लाख ९० हजार चार सय ३६ जना निको भएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा १८ लाख ४० हजार आठ सय १२ जनामा कोरोना देखिएको छ। अहिलेसम्म ७१ हजार चार सय ९१ जनाको मृत्यु भएको छ भने १२ लाख १३ हजार पाँच सय १२ जना निको भएका छन्।

छिमेकी राष्ट्र भारत तेस्रो नम्बरमा रहेको छ। भारतमा संक्रमितको संख्या आठ लाख ५० हजार आठ सय २७ पुगेको छ। जसमध्ये २२ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन्। भारतमा पाँच लाख ३६ हजार तीन सय १४ जना निको भएका छन्।

चौथो नम्बरमा रहेको रुसमा सात लाख २० हजार पाँच सय ४७ जनामा कोरोना देखिएको छ। यसमध्ये ११ हजार दुई सय पाँच जनाको मृत्यु भएको छ भने चार लाख ९७ हजार चार सय ४७ जना निको भएका छन्।

कोरोनाको सूचिमा पेरु पाँचौ नम्मबरमा छ। पेरुमा तीन लाख २२ हजार सात सय १० जनामा कोरोना देखिएको छ भने ११ हजार ६ सय २२ जनाको मृत्यु भएको छ। पेरुमा दुई लाख १४ हजार एक सय ५२ जना निको भएका छन्।

कोरोनाको उद्गमस्थल रहेको उत्तरी छिमेकी चीनमा भने नियन्त्रण भएको छ। यो सूचिको २३औं नम्बरमा रहेको चीनमा कोरोना देखिएका ८३ हजार पाँच सय ९४ जनामध्ये ७८ हजार ६ सय ३४ जना निको भएका छन्। कोरोनाबाट चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने अहिले तीन सय २६ जनाको उपचार चलिरहेको छ।

नेपालमा पनि कोरोना संक्रमित बढ्ने क्रम यथावत छ। अहिलेसम्म १६ हजार सात सय १९ जनामा कोरोना देखिएको छ। संक्रमिमध्ये ३८ जनाको मृत्यु भएको छ भने आठ हजार चार सय ४२ जना निको भएका छन्। अहिले आठ हजार दुई सय ३९ जनाको उपचार चलिरहेको छ।

 Published Date: Sunday, 12th July 12:50:21 PM