सोमबार, चैत्र १७, २०७६

काल्पनिक पात्रलाई यथार्थमा उतार्दै ‘कसप्ले’ 

| तस्वीर:रिवाज राई

काठमाडौं, असोज २३ : कम्मरमा कपडाको डोरी बाँधेका एक पुरुष।

खैरो कपाल र कालो रङ्गको लामो वान पिस लगाएकी महिला, प्याजी रंगले पोतिएका हात। तिनै हातले एउटी सानी नानीको कपाल कोर्न व्यस्त देखिन्छिन्। कतै ब्याड म्यान, स्पाइडर, कतै फिल्मका हिरो हिरोइन हिँडिरहेका छन्। यी दृश्यमा रमाइरहेका युवा जमातको लर्को उतैतिर लागेको छ। 

फिल्म, खेल, एनिमेसनमा मुख्य पात्रले निभाउने अभिनयबाट प्रभावित बनेका बालबालिका तथा युवाहरु आफैले ती पात्रको नक्कल गर्न पाउँदा मख्ख छन्। पात्र अनुसार कपालको रङ्ग, अनुहारको श्रृंगार, कपडाको डिजाइन, जुत्ता अनि उस्तै चालमा ‘स्टेज सो’ गरिरहेका स्वदेशी तथ विदेशी कलाकारहरुको भिड नै लाग्ने गर्छ।  

जापानी एनिमेसन तथा महँगा कार्टुनमा आधारित ‘कसप्ले’ कार्यक्रमा नेपाली युवाहरु निकै रमाउन छन्। बालबालिका र युवा आफूलाई मनपर्ने व्यक्ति तथा चर्चित गेमका पात्रहरुको नक्कल गरेर रमाइरहेका हुन्छन्। यो कार्यक्रमले विशेषगरी विद्यार्थीहरु बढी आकर्षित गरेको छ। विभिन्न पात्रले गर्ने फरक ‘गेटअप र मेकअप’ को रौनकले उनीहरुका आँखालाई उतैतिर तानिरहेको देखिन्छ।

कार्यक्रममा सहभागीहरु आफूले कल्पना गरेको पात्र बनेर उस्तै हाउभाउका साथ मानिसहरुका बीचमा जाँदा आफूलाई निकै रमाइलो हुने गरेको अनुभव सुनाउँछन्। त्यत्तिमात्रै होइन यसले आत्मविश्वास पनि बढाएको उनीहरु बताउँछन्।

निलो र पिङ्क कपालमा दुई किशोरीहरु जापनिज डिजाइनका कपडामा सजिएर हर्षित मुद्रामा फोटो खिचाइरहेका छन्। कपडाको छेउमा भएको निलो र रातो धर्के रङमा मिल्ने गरी पटुका बाँधिएका उनीहरुलाई देख्दा लाग्छ– जापानका कुनै चर्चित कलाकारहरु नै हुन। विभिन्न कार्टुनको लुक्समा ‘स्टेज सो’ मा रमाएका युवापुस्ता निकै हर्षित देखिन्छन्।

आफूलाई मन पर्ने कुनै पनि प्रिय पात्रको हुबहु रुप बनाउन कुर्नेको जमातले पात्र तयार पार्ने डिजाइनर र अर्टिस्टहरुलाई झन् हौसला मिल्ने गरेको छ। इन्टरनेटमा विदेशीहरुले यो किसिमको कार्यक्रम गरेको देखेर आफूलाई पनि त्यस्तै बन्न मन लाग्ने रहरमा आउनेहरुको भिड लाग्न थालेको छ।

रहरमै रोनीस सुब्वा ‘कसप्ले’ कार्यक्रमका लागि अहिले ड्रेस डिजाइनमा लागेका छन्।  ‘कार्यक्रम सहभागी हुन आउने व्यक्तिहरु रमाइलो मान्नुको साथै आफूले चाहेको पात्र बनेर स्टेजमा सो गर्न पाउँदा खुशी हुन्छन्’, उनले भने, ‘उनीहरुमा मानिसको भिडमा जम्न सक्ने एक किसिमको आँट पनि पैदा गर्न मद्दत पुर्‍याउँछ।’

काल्पनिक पात्रलाई तयार बनाउन आवश्यक पर्ने कपडा तयार पार्न भर्खरका युवाहरु यो क्षेत्रमा हौसिएर लागेका छन्।  उनीहरु यो क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउने चाहना रहेको बताउँछन्। सुरुवातमा यसले सानो बजार लिएको भएपनि अहिले भने नेपालमा हुने कार्यक्रममा सहभागी हुन विदेशीहरु पनि आउन थालेका छन्। विदेशीको आगमनले झन् जोश थपिदिएको उनीहरु बताउँछन्।

विशेष खालका बाक्लो कपडा काट्न कैंची, पेपर कर्टर, एक्ज्याट्रो नाइफलाई प्रयोगमा ल्याइन्छ। बाक्लो कागजको फर्ममा बेबीकल र पानीको प्रयोग गरेर प्राइम तयार गरिन्छ। प्राइममा एक्क्रोलिक कलर मिसाएर कपडामा तयार हुन्छ। पेन, मार्करका साथ तार, विद्युतीय उपकरण, एक्क्रोलिक स्प्रेबाट पात्र  अनुसारको कपडा तयार हुन्छ।

अडर अनुसारको कपडा लगाएपछि धेरै जसो मानिसहरु त्यहीँ  पात्रमा आफूलाई भुलाउन चाहन्छन्। यसरी बनाइने कपडामा २ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ।

विभिन्न ढाँचामा बनेका कपडामा जुनसुकै व्यक्तिले आफ्नो इच्छा अनुरुपको व्यक्तित्व धारण गर्न सक्छन्।  बानेश्वरको ‘कसप्ले’  कार्यक्रममा संसारका अनेकौं पात्रको ओहोदोहोर देख्न सकिन्छ। कतिपय विद्यार्थीहरुले आफ्नो खाजा खर्च जोगाएर भए पनि डिजाइनका लागि कपडा किन्ने गरेका छन्। होलटाइमरदेखि पार्ट टाइमसम्म काम गर्ने कामदार छन्, त्यसमा पनि युवाहरु बढी।
 

 Published Date: Thursday, 10th October 18:24:52 PM