शनिबार, जेठ १७, २०७७

कोरोनाका बिरामीलाई मलेरियाको औषधि प्रयोग गर्न मिल्ने !

काठमाडाैं, चैत १७ :  विश्वभर फैलिएको कोरोना भाइरसका बिरामीलाई मलेरियाको औषधि प्रयोग गर्न मिल्ने तथ्य पत्ता लागेको छ। 

अमेरिकाको खाद्य तथा औषधि प्रशासन निकायले मलेरियाविरुद्धका दुई औषधि कोरोना संक्रमतिलाई प्रयोग गर्न अनुमति दिएको छ। मलेरियाको औषधिलाई चिकित्सकको अनुमतिमा अस्पतालमा भर्ना गरिएकाका लागि क्लिनिकल परीक्षण सम्भव नभएको वा उपलब्ध नभएको अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो। 

क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन औषधि कोभिड-१९ विरुद्ध प्रयोग हुन सक्ने विषयमा अनुसन्धान समेत चलिरहेको छ। अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागले विज्ञप्तिमार्फत क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइनसहित राष्ट्रिय भण्डारमा रहेका औषधिबारे विवरण समेत सार्वजनिक गरेको छ।

 Published Date: Monday, 30th March 17:54:12 PM