शुक्रबार, असोज ९, २०७७

सर्लाहीमा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि

फाइल

काठमाडौं, जेठ १० :  सर्लाहीमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा  गरिएका परीक्षणमा सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमितहरु सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष रहेका छन्। उनीहरु सबै १८ देखि ३५ वर्ष उमेर समूहका रहेका छन्। यसअघि शुक्रबारमात्रै सर्लाहीमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ।  संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 
 

 Published Date: Saturday, 23rd May 2020 3:35:12 am