मंगलबार, असार २३, २०७७

सुर्खेतमा थप १२ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १३ : सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाका अनुसार सुर्खेत वीरेन्द्रनगरका ८ जना ९ देखि ४६ वर्ष समूहका मानिसमा संक्रमण देखिएको हो। जसमध्ये ८ पुरुष १ महिला रहेका छन्। 

सुर्खेतकै भेरीगंगाका २ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १६ र १७ वर्षका पुरुष रहेका छन्। त्यस्तै सिक्टाका २ जना ३५ र ३९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

योसहित सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो।

 Published Date: Tuesday, 26th May 18:03:18 PM