बुधबार, साउन २१, २०७७

उपत्यकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८ : उपत्यकामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौंका पाँच र ललितपुरका एक जना रहेका नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको छ। भक्तपुरमा भने आज नयाँ संक्रमित फेला परेका छैनन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१  पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएका छन्। उनका अनुसार आइतबार कोरोनालाई जितेर १४७  जना घर फर्किएका छन्। 

त्यस्तै, कोरोना संक्रमणबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ। 

 Published Date: Sunday, 12th July 16:49:53 PM