मंगलबार, असार ३०, २०७७

पर्साका थप ७ पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २१ : पर्साका थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकाहरु कालिकामाईका ४, सखुवाप्रसौनीका २ जना र विन्दबासिनी गाउँपालिकाका १ जना रहेका छन् ।

संक्रमित सबै क्वारेन्टाइनमा बसेका १६ देखि ४९ वर्षसम्मका पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ।

 Published Date: Wednesday, 3rd June 12:09:20 PM