शुक्रबार, साउन ३०, २०७७

काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३० : गत २४ घण्टामा काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा गरिएको परीक्षण एक जना र महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस बिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले बताए।

याेसँगै काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या ३ सय ५८ पुगेकाे छ।

साथै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।  संक्रमितमध्ये हालसम्म १० हजार ३ सय २८  जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ३४ जना घर फर्किएका छन्। 

 Published Date: Tuesday, 14th July 16:45:51 PM