बुधबार, साउन २१, २०७७

अयोध्यामा ध्यान नमोडौँ, नक्सामा हक कायम गरौँ : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई दुई कर्तव्यहरु सम्झाएको छ। सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी भएका बताएका हुन्। 

प्रवक्ता शर्माले फेसबुकमा लेखेका छन्,'प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी! १. हृदयमा छँदै छन् राम, चिन्ता राजु सदाहरूको गरौँ ! २. अयोध्यातिर ध्यान नमोडौँ, संसदबाट हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौँ ! सम्झाउने कर्तव्य हाम्रो, बुझाउने जिम्मेवारी नेकपाको!

प्रधानमन्त्रीले तथ्य र आधार बिना भगवान् रामको जन्म पर्सा जिल्लाको अयोध्यापुरीमा भएको दाबी गरेपछि सर्वत्र आलोचना हुन थालेको छ। 

 

 Published Date: Tuesday, 14th July 17:42:46 PM