सोमबार, भदौ ३०, २०७६

योगेश भट्टराईलाई विश्वप्रकाशको सुझाव- अध्यात्म र राष्ट्रियता भिन्न हुन् कमरेड !

काठमाडौं, भदौ २५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पशुपतिमा हरेक दिन साँझ गरिने आरती अघि राष्ट्रिय गान बजाउने निर्णय फिर्ता लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई आग्रह गरेका छन्।

ट्वीटरमा ट्वीट गर्दै कांग्रेस प्रवक्ता शर्माले पशुपतिको आरतीमा राष्ट्रगान फ्युजनको निर्णयमा ब्याक गियर लगाउन मन्त्री भट्टराईलाई आग्रह गरेका हुन्। उनले संसदमा भजन र भजनका क्रममा राष्ट्रगान प्रितिकर हुने टिप्पणी गरेका छन्। प्रवक्ता शर्माले अध्यात्म र राष्ट्रियता भिन्न भएकाले माक्र्सवादी कोणबाट दुवैको फरक गरिमा र गाम्भिर्य बुझ्न कठिन दोषलाई शिरबाट ओर्हाल्न पनि मन्त्री भट्टराईलाई आग्रह गरेका छन्। 

‘प्रिय मित्र योगेशजी पशुपतिको आरतीमा राष्ट्रगान फ्युजनको निर्णयमा ब्याक गियर लगाउनुस्। संसदमा भजन र भजनक्रममा राष्ट्रगान प्रीतिकर हुन्न! अध्यात्म र राष्ट्रियता भिन्न हुन्, मार्क्सवादी कोणबाट यी दुवैको फरक गरिमा र गाम्भिर्य बुझ्न् कठिन दोषलाई शिरबाट ओर्हाल्नोस् कमरेड!,' शर्माले ट्वीटमा भनेका छन्।  

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले गत भदौ १३ गते पशुपति क्षेत्र विकास कोषमार्फत आरती अघि राष्ट्रिय गान बजाउन निर्देशन दिएका थिए। मन्त्री भट्टराईको निर्देशनपछि पनि राष्ट्रिय गान बजाउन अटेरी गरेको भन्दै कोषले आरती परिवारलाई आरती नै बन्द गरिदिने चेतावनी दिएको छ।  

राष्ट्रिय गान बजाउन दिएको निर्देशनको सामाजिक सञ्जालदेखि संस्कृतविद्हरुले चर्को विरोध गरिरहेका छन्।  पशुपतिमा मन्त्री भट्टराईले आरतीलाई राष्ट्रियतासँग जोड्नु संस्कृतिमाथिको हस्तक्षेप समेत भन्दै विरोध जनाइरहेका छन्।

 Published Date: Wednesday, 11th September 17:45:02 PM