सोमबार, मंसिर २३, २०७६

कराँते फाइटमा विप्लवलालले जिते स्वर्ण पदक

काठमाडौं, मंसिर १६  : काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते (फाइट)मा नेपालले स्वर्ण पदक थपेको छ।  

८४ केजीमाथिको तौल समूहको प्रतिस्पर्धामा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। स्वर्ण पदक हात पार्ने क्रममा विप्लवलालले पाकिस्तानी खेलाडी मोहम्मद बजलाई ६–५ ले पराजित गरेका थिए।

यसअघि पुरुष कराँते फाइटतर्फ नै लक्ष्मण तामाङले पनि स्वर्ण पदक हात पारेका थिए। 

 Published Date: Monday, 2nd December 16:12:19 PM