सोमबार, जेठ १९, २०७७

भक्तपुरकी एक महिला जनप्रतिनिधिलाई कोरोनाको संक्रमण

काठमाडौं, जेठ १० : भक्तपुरकी ४२ वर्षीया महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण लागेको पुष्टि भएको छ।

शुक्रबार सरकारले सार्वजनिक गरेकामा भक्तपुर नगरपालिका--९ की महिला जनप्रतिनिधिलाई कोरोना भएको पुष्टि भएको  हो। 

शुक्रबार स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा भक्तपुर नगरपालिका-९ निवासी महिलामा कोरोना पुष्टि गरेको थियो । पछिल्लो पटक भक्तपुर नगरपालिका- ५ ल्योसिंखेलमा कोरोना भाइरस संक्रमित नगरबासी भेटिएपछि भक्तपुर नगरपालिकाले पनि कोरोना परीक्षण गर्न थालेको थियो। त्यही अनुसार जनप्रतिधिहरुको पनि स्याब संकलन गरेको थियो।

उनी स्वास्थ्य कार्यकर्ता पनि हुन्। साथै उनी नगरपालिकाका सदस्य भएकाले सेवामा दिनरात खटिइरहेकी थिइन्। यही क्रममा उनलाई कोरोना लागेको अनुमान गरिएको छ। हाल उनी बस्दै आएको स्थानलाई शिल गरिएको छ।

भक्तपुरमा भेटिएको यो चौथौ कोरोना संक्रमित हुन्। यसअघि भक्तपुर नगरपालिका-५ ल्योसिंखेल निवासी पुरुषमा कोरोना पुष्टि भएको थियो। यसअघि पुष्टि भएका दुई जनालाई शुक्रबार नै अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका थिए।


 

 Published Date: Saturday, 23rd May 07:55:24 AM