बिहीबार, बैशाख ५, २०७६

अब सरकारले सबै नेपालीको बैंक खाता खोलिदिने

| तस्वीर:सांकेतिक तस्वीर

काठमाडौं, चैत २७ : सरकारले सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान सुरु गर्ने भएको छ। ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ भन्ने मूल नाराका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १ गते सो अभियानको शुभारम्भ गर्नेछन्। 

अभियानमार्फत सरकारले बैंक खाता खोल्नका लागि सबै नेपालीलाई उत्प्रेरित गर्ने, सार्वजनिक सञ्चारका माध्यमबाट अभियानबारे जानकारी गराउने छ। हरेक नेपालीको बैंक खाता खोल्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोशियसनले संस्थागत जिम्मेवारी लिनेछन्।

उक्त अभियानमार्फत खाता खोले प्रत्येक खाता धनिलाई अन्य खाता सरहको सुविधाको व्यवस्था मिलाइने छ। अभियानपछि हरेक व्यक्तिको बैंक खाता निःशुल्क खोलिने छ भने खाता खोल्नका लागि आवश्यक एक सय नेपाली रुपैयाँको न्यूनतम मौज्दात सम्बन्धित बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वका लागि छुट्टाइएको रकमवाट व्यहोर्ने अभियानले जनाएको छ।
 

Published Date: Wednesday, 10th April 19:58:32 PM