शुक्रबार, कात्तिक १, २०७६

चिनियाँ राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा विमानस्थलका महाप्रवन्धक तानिए 

काठमाडौं, असोज १६ : चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणको पूर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयका महाप्रवन्धक राजकुमार क्षेत्रीको सुरुवा भएको  छ।  

क्षेत्रीलाई नागरिक उड्डयन प्राधिकरणको मूख्य कार्यालय बबरमहल तानिएको छ । विमानस्थलमा सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिइइको छ । 
क्षेत्रीसँग केन्द्रिय कार्यालय लामो समय देखि असन्तुष्ट हुदैं आएको थियो । खासगरी महाप्रवन्धकको सरुवा २ वर्षमा हुने भएता पनि क्षेत्री भने एकवर्षमै सरुवामा परेका छन् । विमानस्थल सुधार गर्न नसकेको तथा व्यवस्थापनमा चुकेको आरोप लागेको क्षेत्रीको बिहिबार साँझ सरुवा भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । प्राधिकरण स्रोतका अनुसार केही दिन भित्रै सरकारले नयाँ महाप्रवन्धक पठाउने भएको छ । 
 

 Published Date: Friday, 4th October 13:15:31 PM