शुक्रबार, कात्तिक १, २०७६

कलाकारको दशै, ज्वाँइको सत्कारदेखि ‘छ मायाँ छपकै’सम्म

काठमाडौं, असोज १८ : दशै नेपालीहरुले सबैभन्दा लामो समयसम्म मनाउने सबैभन्दा ठूलो पर्व हो। जुनसकै जाति, समुदाय वा धर्मका मानिसले पनि दशैलाई आफ्नै हिसावले मनाउने गर्छन्। दशैका लामो सरकारी विदा र अधिकांश चालु रहेका कार्यक्रम पनि स्थगित हुदा धेरै फुर्सदिला पनि हुन्छन् । त्यसैले यो लामो फुर्सदको समयमा कलाकारहरुको दशै मनाउने तरिका पनि फरक फरक हुन्छ। कुन कलाकारले कसरी मनाउदैछन् त यसपालीको दशै ?

स्याउलीचोकमा दशै : नाजिर हुसेन

सानो छदा दशैं भनेपछि आमासँग ‘उल्लु उल्लु मासु चिउरा खान जाने’ भनेको याद आउँछ । तर त्यो कुन अर्थमा भनेको भन्ने चाँहि अझै थाहा छैन। बच्चा बेला नयाँ लुगाको वास्ना निकै मनपथ्र्यो । साथीहरुसँग खेलेको पिङ ५ रुपिँया बाजिमा खेलेको र तास खेलेको निकै याद आउँछ ।  यसपालिको दशैंमा मान्दै आएको दिदि सरु राईको घर सिन्धुपाल्चोक जान्छु । उताबाट फर्केरे जन्मथलो सिमराको स्याउलीचोकमा पुगेर दशैं मान्ने तयारीमा छु। 

दशैमा छ मायाँ छपकै : दीपकराज गिरी  

बालापनमा दशै भन्ने बित्तिकै रातो टिका, ठुलाबडाको आर्शिवाद, दक्षिणाका रमाइलोमा हुन्थ्यौ। ‘कुनै समय रक्सी पिउनु, मासुका विभिन्न परिकार खानु र साथी भाईसँग तास खेल्नु नै दशैं हो झैं लाग्ने गथ्र्यो’ कलाकार दिपकराज गिरीेले भने, ‘तर अहिले ती कुरादेखि टाढा नै छु । पारिवारसँगै दशैं मनाइन्छ ।’ साथै ‘छ मायाँ छपक्कै’ चलचित्रको पर्दशन तयारी नै व्यस्त हुन्छु । 

स्कुलको नाटकले सम्झाउँछ : गीतकार हर्क साउद

सानोमा दशैं आयो भन्ने बित्तिकै ‘भुँइमा खुट्टा हुँदैन थियो ।’ दशैंको मौकामा स्कूलमा गरिएको नाटक निकै रमाइलो हुन्थ्यो । अहिले दशैं भन्ने बित्तिकै खुशी भन्दा पनि जिम्मेवारी महसुस हुन्छ । परिवारको साथमा कैलालीमै दशैं मनाइन्छ । आफू शाहाकारी भएपनि परिवारलाई भने काटमारमा कुनै रोकतोक गर्दिन।  

माइती झापामा दशै : जुना प्रसाई

सानोमा कागजको घोडा बनाएर दशैं बोलाउदा निकै रमाइलो हुन्थ्यो । यसपालि फूलपातिको दिन हेटौंडामा क्यान्सर पिडित सयोगको लागि हुन लागेको एउटा कार्यक्रममा सहभागि हुन्छु । त्यसपछि सिन्धुली घरमा दशैंको टिका सकाए लगत्तै माइतिघर भनु या जन्म घर झापामा गएर दशैं मनाउँछु । 

नयाँ ज्वाइको सत्कार : कुन्ति मोक्त्तान 

दशैं त सधैं झै उस्तै नै हो । तर यस वर्ष भने अलि फरक हुँदै छ । छोरी शितल र सुवानीको विवाह भएको पहिलो वर्ष भएको अलि यो वर्ष स्पेशल हुँदैँछ । दुई छोरीको दुई नयाँ ज्वाँई आउँदै हुनुहुन्छ । आफन्त घरमा आउँनुहुन्छ । हामि पनि आफन्तकोमा टिका लगाउन जान्छौं । यस पटक पारिवारीक दशै । 


 

 Published Date: Saturday, 5th October 13:43:18 PM