मंगलबार, असार २३, २०७७

हत्याको आरोपमा चार पक्राउ

दाङ, जेठ १८ : दाङको तुलसीपुर उपमहानगरपालिका ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र  २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर सार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

शुक्रबार राति सामान्य विवादपछि भुजको हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए। अभियुक्तलाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान बढाएको छ।

भुजको तुलसीपुर –५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडि शव फेला पारेको थियो।

 Published Date: Sunday, 31st May 18:31:01 PM